Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


पूर्व प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता भट्टराईको छैठौं स्मृति दिवस मनाईदैं

सन्त नेताको रुपमा चिनिने भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनले झन्डै २० वर्ष कांग्रेसको सभापति बनेर पार्टी नेतृत्व गरेका थिए । २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा उनी संलग्न थिए । भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।