४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


निर्वाचन आयोगलाई समस्या, मुख्य तयारी नै गर्न पाएन, के–के छ आवश्यक ? (भिडियो रिपोर्ट)


0
Shares

पुनःसंरचनाको अनौपचारिक ‘ड्राफ्ट’का आधारमा नै आयोगले केही तयारी अगाडि बढाएको छ भने निर्वाचनका लागि झन्डै १ करोड ४० लाख मतदाता हुने देखिएको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन विवादित बनेपछि सरकारले त्यसलाई अझै अनुमोदन गर्न सकेको छैन ।

२ नम्बर प्रदेशमा पुग्दै नपुगी त्यहाँको पुनःसंरचना गरिएको सत्तारुढ दलबाटै असन्तुष्टि आएपछि त्यसबारे सरकारले मन्त्रीहरु रहेको समिति बनाएरै अध्ययन गरिरहेको छ । त्यो पनि अझै टुंगिन सकेको छैन ।

जसको निर्वाचन गर्ने भनिएको छ, त्यसको संख्या–संरचना टुंगो नलागेपछि निर्वाचन आयोग अझै अन्यौलमै छ ।

त्यसको साथै आयोगलाई राजनीतिक दलसम्बन्धी कानुन पनि आवश्यक परेको छ । जुन कानुन ‘थ्रेसहोल्ड’सम्बन्धी विषयमा दलहरुबीच सहमति नजुट्दा संसदमा थन्किएर बसेको छ ।

निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि अब तत्काल स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन र राजनीतिक दलसम्बन्धी कानुन आवश्यक छ ।

दल दर्तासम्बन्धी कानुन नबने विशेष आदेश जारी गराउनुपर्ने अवस्था आइसकेको बताउँछन्, निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)