वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, उपमेयर सुशीला अधिकारी र वडाध्यक्षहरुलाई सोमबार निर्वाचन अधिकृत सुदर्शन लामिछानेले शपथ दिलाए । वडासदस्यहरुलाई भने नगरप्रमुख मोहनबहादुर बस्नेतले शपथ दिलाएका हुन् । नागार्जुन नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा निर्वाचन अधिकृत लामिछानेले मेयर र उपमेयरलाई पालैपालो र वडाध्यक्ष र वडासदस्यहरुलाई सामूहिकरुपमा शपथ दिलाइएको हो । नवनिर्वाचित…