
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार दिउँसो १ बजे संसद् बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सुरु सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले नीति तथा कार्यक्रमका प्राथमिकताका बारेमा जानकारी गराउने सम्भावना रहेको बताइएको छ ।
तर यस विषयको टुंगो भने लागिसकेको छैन । सरकारले आगामी बिहीबार नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नेछिन् । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ गते बजेट पेश गर्ने तयारी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्