
स्थानीय तहको पहिलो चरणको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले हालसम्म ४६ स्थानमा पार्टीले प्रमुख जित हासिल गरेको र ५० भन्दा बढी स्थानमा ५ सयभन्दा कम मतले मात्र हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ ।
माओवादीले दोस्रो चरणको निर्वाचनमा सम्पूर्ण शक्ति प्रयोग गरेर पहिलो पार्टी बन्ने लक्ष्य राखेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग भएको सहमतिअनुसार नै सत्ता हस्तान्तरण गर्नेबारे जानकारी गराउनुभएको प्रवक्ता भुसालले बताइन् ।
बैठकमा स्थानीय तह निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधनलगायतका विषयमा पछि छलफल भएको बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस्