काठमाडौं, बैशाख २८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका हात निर्दोश नागरिकका रगतले मुछिएका कारण पापको प्रायश्चित गर्नुपर्ने बताएका छन् । उनले प्रचण्डसंग कुनै अडान नभएको र आफ्नो विवेकले निर्णय नगर्ने भएकाले कुन बेला के गर्छन् र के बोल्छन् पत्तो नभएको बताए । विजुक्छेले नेपाली कम्युनिष्ट राजनीतिका लागि…