२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रिय सहमतिको सरकार गठनमा एमाले बाधक बन्दैन : बामदेव

पोखरा, जेठ २५ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले बाधक नबन्ने बताएका छन् ।मंगलबार पोखरामा नेकपा एमाले गन्डकी अञ्चल समन्वय समितिले गरेको प्रवचन कार्यक्रमा उनले सहमतीय सरकार गठनका लागि एमाले बाधक नहुने बताए ।गौतमले एमाले नेतृत्व सहमतिको खोजीमा लागेको जिकिरसमेत गरे ।