शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वनका लागि तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीच सहमतिको विकल्प नभएको बताए । संविधान संशोधनमा सहमति नभएको खन्डमा चुनावमा जान अप्ठ्यारो हुने उनको भनाइ थियो । अध्यक्ष गच्छदारले अहिलेको सरकारले देश हितमा कुनै काम गर्न नसकेको दाबी पनि गरे ।