१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ओलीले दिएका अभिव्यक्तिहरुको संगालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक सार्वजनिक


0
Shares

शुक्रबार राजधानीमा आफू प्रधानमन्त्री हुँदा दिएका अभिव्यक्तिहरुको संगालो ‘म प्रधानमन्त्री हुँदा’ नामक पुस्तक लोकार्पणमा ओलीले देश र जनताका लागि सधैं प्रतिबद्ध भएर लागिरहने बताए ।

सामाजिक न्याय, राष्ट्रिय एकता र समृद्धिका प्रश्नलाई पुस्तकमा समावेश गरिएको भन्दै ओलीले आफ्ना काम र गतिविधिलाई पारदर्शी राख्न पनि पुस्तकले सहयोगी भूमिका खेलेको बताए ।

पुस्तकबारे राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, शौरभ, मानवअधिकारकर्मी चरण प्रसाइँ, सन्चारकर्मी विजयकुमार पाण्डे, कृष्णमुरारी भण्डारी, परराष्ट्रविद् अश्विनिकुमार पुडासैनी, एमाले नेता रघुवीर महासेठलगायतले टिप्पणी गरेका थिए ।

पाँच खन्डमा विभाजित पुस्तक ४ सय ३५ पृष्ठको छ ।