सोमबार बसेको संसद् बैठकले राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन कसूर तथा सजाय विधेयक २०७३ पारित गरेको हो । निर्वाचनमा दल तथा उम्मेदवारलाई व्यवस्थित र अनुशाशित बनाउन यो विधेयक बनाइएको हो । बैठकमा सो विधेयक प्रस्तुत गर्दै गृहमन्त्री विमलेन्द्र नीधिले राजनीतिक दल तथा उम्मेदवारलाई व्यवस्थित गर्दै निर्वाचनलाई स्वतन्त्र र धाँधलीरहित बनाउन विधेयक महत्वपूर्ण हुने बताए ।…