
फाइल फोटो
संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत् चार महिने अभियानकोक्रममा आइतबार इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले भने–‘आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, यदि त्यसका लागि अहिले नै निर्वाचन मिति घोषणा हुँदैन भने प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ छैन ।’
नेपाली कांग्रेस र माओवादी केन्द्र डराएका कारण निर्वाचनको मिति घोषणा गर्न नसकेको आरोपसमेत उनले लगाए ।
अंगीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन विदेशीको इशारामा संविधान संशोधनको कुरा आएको बताउँदै उनले विदेशीलाई खुसी पार्ने संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने बताए ।
निर्वाचन मिति घोषणा नगरे सो घोषणा गर्न एमालेले देशव्यापीरूपमा आन्दोलन सुरू गर्ने बताउँदै उनले राष्ट्रलाई कमजोर बनाउने कुनैपनि काम नगर्न सरकारलाई आग्रह गरे ।
अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै आफ्नो पार्टीले गाउँ–गाउँमा अभियान सन्चालन जारी राखेको उनको भनाइ थियो ।
सोही अवसरमा माओवादी, कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका सयजनाभन्दा बढीलाई उनले स्वागत गरे । रासस
प्रतिक्रिया दिनुहोस्