वि.सं. २०६३ वैशाख ११ गते वर्तमान राजनीतिक परिवर्तनको प्रस्थानविन्दु थियो । राजनीतिक दृष्टिले संविधानसभाबाट संविधान जारी हुनु, मुलुकको राजनीति स्थिरतातिर उन्मुख हुनुलाई उपलब्धिकारुपमा विश्लेषण गरिएको छ । २०६३ साल वैशाख ११ गते नेपालको राजनीतिका लागि ऐतिहासिक दिन थियो । आजकै दिन हजारौं मानिस सडकमा ओइरिएर २४० वर्ष पुरानो राजतन्त्रलाई घुँडा टेक्न बाध्य बनाएका थिए ।…