Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कांग्रेस महासमिति बैठक तीन साता सर्‍यो, गच्छदार उपसभापतिमा मनोनीत


0
Shares

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको बैठक तीन साता पछि सार्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमितिको बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि तय गरिएको महासमिति बैठकलाई मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले पार्टीको उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णय पनि गरेको बताइएको छ ।