काठमाडौं, भदौ ३१ । विवेकशील साझा पार्टीले सातवटै प्रदेशका उत्प्रेरक एवं सङ्गठकलाई प्रशिक्षण दिएको छ । शनिबार र आइतबार देशभरिका १५० जना उत्प्रेरक नेतालाई कार्यक्रममा सहभागी गराइएको प्रवक्ता डा सूर्यराज आचार्यले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिका लागि आधार फराकिलो हुँदै गएकाले नेतृत्व गर्न लायक सङ्गठन निर्माणमा जुट्न उत्प्रेरकलाई आग्रह…