शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाए । उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने दाबी गरे । एमालेलाई मधेसी जनताले पहिचान गरिसकेकाले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी सिट जित्ने…