Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


श्रमजीवी पत्रकार ऐन लागू गराउन सक्दो मद्दत गर्छु : नेता सिंह

आइतबार चाक्सिबारीस्थित आफ्नै निवासमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै नेता सिंहले प्रजातान्त्रिक अधिकारलाई सुरक्षित गर्न र समृद्धिको अभियानलाई पूरा गर्न सन्चारजगतले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा लागू गराउन आफूले सक्दो मद्दत गर्ने प्रतिबद्धता पनि नेता सिंहले व्यक्त गरे ।