उनले एमालेले २ नम्बर प्रदेशमा स्थानीय तहमा बहुमत ल्याउने र प्रादेशिक संसदको चुनावमा बहुमत ल्याएर सरकार बनाउने उद्घोष पनि गरे । पार्टीको प्रदेश नम्बर–२ सम्पर्क कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेविरुद्ध जसजसले मोर्चाबन्दी गरे पनि फरक नपर्ने बताए । तराई–मधेसको विकास र सामाजिक न्यायका लागि एमालेले काम गरेका कारण एमालेविरुद्ध एक्लै प्रतिस्पर्धामा आउने…