बिहीबार चितवनमा अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न चुनावलगत्तै एमालेसँग पार्टी एकताको घोषणा हुने र त्यसलाई कसैले रोक्न नसक्ने जिकिर गरे । पार्टी एकताको तयारी पूरा भइसकेको दाहालको दाबी थियो । ‘हिजोमात्रै मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको छु, हाम्रोबीचमा पार्टी एकतालाई छिट्टै टुंग्याउने समझदारी भएको छ’–उनले भने…