काठमाडौं, फागुन ९ । सरकारले समाज कल्याण परिषदका पदाधिकारीहरुलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदनियतपूर्ण र कानुनविपरीत कार्य गरेकाले परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, गोकर्णप्रसाद भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरिएको जानकारी दिए ।…