स्थानीय तहलाई जति अधिकार दियो, त्यति छिटो विकास : बाबुराम • Image Khabar Image Khabar


स्थानीय तहलाई जति अधिकार दियो, त्यति छिटो विकास : बाबुराम


Imagekhabar
३० आश्विन २०७६, बिहीबार १८:००

स्थानीय तहलाई जति अधिकार दियो, त्यति छिटो विकास : बाबुराम

रेनु श्रेष्ठ (इमेज)

गोरखा, असोज ३० । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश र स्थानीय तहलाई जति अधिकार दियो, त्यति छिटो विकास हुने दाबी गरेका छन् ।

बडादसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वका अवसरमा बिहीबार समाजवादी पार्टी गोरखाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले भने–‘जनसहभागिताले नै विकास हुने हो ।’

अर्काको अधिकार खोसेर तानातान गर्नुभन्दा पनि धेरैभन्दा धेरै अधिकार ‘तल’ दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्