जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीको हिसाब–किताब राखिन्छ : देउवा • Image Khabar Image Khabar


जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीको हिसाब–किताब राखिन्छ : देउवा


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार १८:४२

जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीको हिसाब–किताब राखिन्छ : देउवा

भक्तपुर, कात्तिक १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जितेका स्थानीय तहमाभन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रो काम भएको हुनुपर्ने बताएका छन् ।

भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबारदेखि सुरु गरेको कार्यक्रम उद्घाटनमा बोल्दै देउवाले स्थानीय जनप्रतिनिधिलाई चुनाव जितेका ठाउँमा कामबाटै कम्युनिस्टभन्दा फरक भएको देखाउनुपर्नेमा जोड दिए ।

जनताका पीर, मर्का र समस्याहरू बुझी जनतासँगै समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

कर्मचारीहरूले असहयोग गरेका कारण पनि प्रभावकारी काम हुन नसकेको भन्दै सभापति देउवाले त्यस्ता कर्मचारीको हिसाब–किताब राखिने बताए ।

प्रशिक्षणमा देशभरका ३०० भन्दा बढी स्थानीय तहबाट प्रतिनिधि आएका छन् ।

जनता र पार्टीसँग समन्वय गरी काम गर्न निर्देशन दिन कांग्रेसले प्रशिक्षण राखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्