ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियोे । उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए । राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको संगतबाट राजनीतिमा सरिक भएका विष्टले नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए…