Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार : दाहाल


0
Shares

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दशकौंदेखि नेपाली जनताले चाहेको कुरा यसपाली पूरा हुनलागेको बताए ।

‘दशकौँंदेखि नेपाली जनताले कम्युनिष्ट मिलेर काम गरुन् भन्ने चाहे पनि कम्युनिष्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने गरेका थिए,’ उनले भने, ‘फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसारको जुन परम्परा २०१९ सालदेखि चल्दै आएको थियो, यसपटक हामीले त्यो इतिहासलाई बदल्ने पहल गरेका छौँं, सबै नेपालीका निम्ति खुसीको कुरा हो ।’

अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उनको भनाइ थियो । एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालले बताए ।

‘देशको स्थायी शान्ति र समृद्धिका लागि कम्युनिष्ट एक भएका हुन्,’ उनले भने ।

यसअघि गौचरणका सुकुम्वासीसँग अन्तर्क्रिया गर्दै अध्यक्ष दाहालले १० वर्षमा दशौं सरकार फेरिँदै आए पनि विकासको रुप रंग फेरिन नसकेकोमा चिन्ता व्यक्त गरे । मुलुकमा राजनीतिक स्थिरता र विकासको युग आरम्भ हुन लागेको उनको भनाइ थियो । निर्वाचनपछि बन्ने स्थिर सरकारले सबै समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाए । (रासस)