फोरम लोकतान्त्रिकबाट विजयी भएका जिसस उपप्रमुख अब्दुर रहमान चुरिहार र गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीसहितका वडाअध्यक्ष र सदस्यहरु कांग्रेसमा प्रवेश गरेका हुन् । फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष बिजय कुमार गच्छदार नेपाली कांग्रेसमा समायोजन भएपछि जनप्रनिनिधिहरुसँगै फोरम लोकतान्त्रिकको जिल्ला समितिसमेत कांग्रेसमा समाहित भएको छ । उनीहरुसबैलाई आईतबार नेपाली कांग्रेसले आयोजना गरेको स्वागत कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल…