Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ: अध्यक्ष दाहाल


0
Shares

चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उनका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गरे ।

संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो ।

नेता दाहालले भने “राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु ।

यस क्षेत्रबाट काँग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर काँग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन ।”

अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै पाँच वर्षमा चितवनको मुहार फेरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै उनले नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिए ।

चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।