विराटनगर, फागुन २० । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहालले अहिलेको अवस्थामा मन्त्रिमन्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमन्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रस्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमन्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई…