Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


‘निर्वाचनमा ‘मनी’ र ‘मसल’भन्दा टाढा बस्नोस्’


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक १८ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरुलाई निर्वाचनमा ‘मनी’ र ‘मसल’भन्दा टाढा बस्न आग्रह गरेका छन् ।

निर्वाचन विवाद निरुपण प्रशिक्षण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गदै उनले विगतका निर्वाचन मनी र मसलका कारण आलोचित हुँदै गएकाले यसलाई रोक्नुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचनमा सबै दलहरुलाई सहभागी हुनसमेत आग्रह गरे ।

उनले दलहरुले आफ्नो अस्तित्व र हैसियत देखाउने माध्यम उपनिर्वाचन रहेको भन्दै आफ्ना एजेन्डाहरु स्थापित गर्न उपनिर्वाचन माध्यम बन्ने जिकिर गरे ।

गन्डकी प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैको उपनिर्वाचन हुन लागेको हुँदा आयोगले ध्यानपूर्वक हेरेको उनको भनाइ थियो ।

उनले मतपत्र डिजाइन, विभिन्न समिति गठन गर्ने, मतदाता शिक्षा, पाँचओटा कार्यविधि बनाउनेलगायतका काम भइरहेको जानकारी दिए ।