काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको सत्तारुढ दल नेकपाकै नेताहरुले विरोध जनाउन थालेका छन् । उनीहरुले सरकारी कदम हतारमा भएको टिप्पणी पनि गरेका छन् । काठमाडौंमा आज भएको साक्षात्कारमा नेकपा नेता देवेन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई आपराधिक ठहर गर्दे प्रतिबन्ध लगाउने निर्णय हतारमा भएको टिप्पणी गरे…