Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


बाँकेमा तरुण दलको बन्द, दिनभर बजार, उद्योग, शिक्षण संस्था ठप्प


0
Shares

नेपालगन्ज, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले शुक्रबार गरेको बाँके बन्दको प्रभाव सदरमुकाम नेपालगन्जसहित जिल्लाका विभिन्न स्थानमा परेको छ ।

तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहलगायतलाई प्रहरीले पक्राउ परेको विरोधमा बन्द गरिएको हो ।

बाँके प्रहरीविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको तरुण दलले गरेको बन्दबाट नेपालगन्ज, कोहलपुर, खजुरालगायतका प्रमुख बजारहरु दिनभर प्रभावित बनेका हुन् ।

दिनभर बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था ठप्प रहे ।

बाँकेमा योजनाबद्धरुपमा कांग्रेसका नेता–कार्यकर्तालाई फसाउन प्रहरी प्रशासन लागेको भन्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्नुपरेको तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।

अध्यक्ष शाहले बाँकेका एसपी वीरबहादुर ओली र कोहलपुरका डीएसपी हेमबहादुर शाहीमाथि कारबाही नभएसम्म आन्दोलन नरोकिने बताए ।

प्रहरीले आफैं हतियार राखेर तरुण दलका नगर सभापति शाहलगायतका कार्यकर्तालाई फसाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रनुपरेको तरुण दलको भनाइ छ ।