Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


‘देश उल्टो दिशातर्फ उन्मुख’


0
Shares

काठमाडौं, कात्तिक २९ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न नसकेको आरोप नेपाली कांग्रेससम्बद्ध मजदुरहरुले लगाएका छन् ।

शुक्रबार काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर–३ को प्रथम परिषद् समारोहमा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सुरक्षा कोषका नाममा सरकारले भ्रम फैलाएको उनीहरुको भनाइ थियो ।

दुईतिहाइको दम्भमा आफ्नालाई च्यापेर विभेदसमेत गरेको भन्दै उनीहरुले सबै मजदुरहरु एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्टले मजदुर र गरिबीको कुरा गरेर सत्तामा आइ आफैं मालिक बनिरहेको र देश उल्टो दिशातर्फ उन्मुख भएको आरोप लगाए ।

उनले कम्युनिस्टको अधिनायकवाद र एकदलीय निरंकुशताविरुद्ध सबै एक हुनुपर्ने भन्दै आसन्न उपनिर्वाचनमा जनताले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश–३ मा एक लाख २१ हजार सदस्यहरु रहेका छन् ।