काठमाडौं, चैत ३० । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले कम्युनिस्ट सरकारले कम्युनिस्ट विचारधारा बोकेको दललाई नै प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् । शनिबार राजधानीमा कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जलिसभामा उनले कम्युनिस्ट आन्दोलन मुलुकको आवश्यकता रहेको भन्दै विचारका आधारमा कसैलाई प्रतिबन्ध लगाउनु राजनीतिक चरित्र नभएको टिप्पणी गरे । महासचिव वैद्यले तत्कालीन नेकपा…