ठमाडौं, वैशाख ५ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जघन्य अपराधका मुद्दामा कुनैपनि उन्मुक्ति स्वीकार्य नभएको बताएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा कुनैपनि माफी नदिइने स्पस्ट पारे । बुधबारमात्र संयुक्त राष्ट्रसंघले नेपालको संक्रमणकालीन न्यायको क्षेत्रमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण भएको भन्दै…