काठमाडौं, वैशाख १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउने गरी जनताको मन जित्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई बिहीबार सानेपामा शपथ गराउनेक्रममा उनले पार्टीमा अनुशासन कायम गरेर जनतामा जानुपर्ने धारणा राखे । प्रशिक्षण विभागलाई देशभर प्रशिक्षण चलाउन…