काठमाडाैं । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले मंगलबार भएको आन्दोलनपछि आफ्नै घरमा आगजनी भएको भन्दै सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्। बस्नेतले जलेको घरको भिडियोसहित लेख्दै आफू र परिवार घरबारविहीन भएको पीडा सार्वजनिक गरेका हुन्। उनका अनुसार आन्दोलनकारीहरूले केवल उनको निजी घर मात्र नभई संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अख्तियार, प्रहरी प्रशासनका…