काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताउनुभएकाे छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएकाे बताउनुभएकाे हाे । यस कार्यले…