Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


आगामी निर्वाचन व्यवस्थित बनाउन १२ समिति बनाउन मातहतका पार्टी निकायलाई कांग्रेसको निर्देशन (पत्रसहित)


325
Shares

काठमाडाैं । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन करिब १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधबार परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिलाई यस्तो निर्देशन दिनुभएकाे हाे । निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक सङ्घ–संस्था समन्वय समिति, धार्मिक सङ्घ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८र३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्नुपर्ने जारी परिपत्रमा भनिएकाे छ ।

ती बाहेक निर्वाचन परिचाल समिति र प्रचार प्रसार समिति अन्तर्गत उपसमिति गठन गर्नुपर्ने पनि परिपत्रमा उल्लेख गरिएकाे छ ।