काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । काठमाडौं–२४, यटखास्थित मातृ सशक्तिकण समूहले शनिबार काठमाडौंमा गरेको निःशुल्क जंकु (भीमरथारोहण) कार्यक्रममा उनले काम गर्न नसक्ने सरकार सत्तामा बसिरहनुको औचित्य नभएको बताए । नेता जोशीले सरकारका कारण जनतामा निराशा बढ्दै गएको र त्यसको असर युवा वर्गमा देखिन…