Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


नेविसंघले गर्‍यो विद्यार्थी र श्रमिकलाई खाद्यान्न वितरण


0
Shares

काठमाडौं ।  नेपाल विद्यार्थी संघले विद्यार्थी र श्रमिकलाई खाद्यान्न वितरण गरेको छ ।

नेविसंघको ५१औं स्थापना दिवसको अवसर पारेर लकडाउनका कारण अलपत्र परेका विद्यार्थी र श्रमिकलाई खाद्यान्न वितरण गरेको हो ।

नेविसंघले काठमाडौं उपत्यकामा केन्द्रीय समिति र अन्य ठाउँहरूमा मातहतका समितिहरु मार्फत राहत सामग्री वितरण, रक्तदान कार्यक्रम, पैदल यात्रीहरूलाई खाना र अन्य सहयोग गरेको छ ।

अध्ययनका लागि काठमाडौंमा डेरा लिई बसेका सानो ठिमी क्याम्पस, कोटेश्वर क्याम्पस, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस लगायतका विद्यार्थीहरूलाई र विभिन्न ठाउँका ज्याला मजदुरी गर्ने श्रमिकहरू तीन सय ५० जनालाई खाद्य सामाग्री वितरण गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

लकडाउनका कारण घर जान नपाएका विद्यार्थी र श्रमिकलाई उनीहरु बसेकै ठाउँमा गएर सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको उनले बताए ।

वितरण गरिएका खाद्य सामाग्रीले विद्यार्थी र श्रमिकको जनजीवन सहज बनाउन मद्दत गर्ने र आगामी दिनमा अन्य ठाउँमा पनि नेविसंघले राहात प्याकेज लिएर जाने महामन्त्री युवराज पाण्डेयले जानकारी दिए । 

यसैबीच नेविसंघले पूर्व निर्धारित कार्यक्रम अनुसार संघका संस्थापक केन्द्रीय अध्यक्ष देखि अहिलेसम्मका अध्यक्षहरू र वर्तमान केन्द्रीय समितिका पदाधिकारीबीच भिडियो गोष्ठी गरेको छ ।

भिडियो गोष्ठीमा संघका संस्थापक अध्यक्ष बिपिन कोइराला, पूर्व अध्यक्षहरू शेर बहादुर देउवा, बिमलेन्द्र निधि लगायत अधिकांश पूर्व अध्यक्षहरु र वर्तमान कार्य समितिका सबै जसो पदाधिकारी सहभागी थिए ।

गोष्ठीमा सहभागीहरुले कोरोना महामारीका लागि गरेका नियन्त्रणका प्रयास, आगामी दिनमा गर्नसक्ने काम र राहत वितरण, घर जान हिडेका श्रमिकको उद्धार गर्ने सवालमा छलफल भएको थियो ।