बागलुङ, मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको एक इन्च पनि भूमि भारतलाई नछोड्ने बताएका छन् । शनिबार बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि फिर्ता गर्न भारतसँग राजनीतिक र कूटनीतिक पहल सुरु भइसकेको बताए । उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकालीपूर्वको भू–भाग भएको उल्लेख गरे । नेपाली भूमिको अतिक्रमण…