Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


राष्ट्रियताको सवालमा सिंगो संसद एक, कसैले जस लिने विषय होइन : प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सबालमा सिंगो संसद एक भएर उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उहांले राष्ट्रियताको विषयमा संविधान संशोधन कुनै एकलैले मात्र जस लिने विषय नभएको बताए ।

जनतालाई हानी नगर्ने विषयमा र अन्य कुरामा मतभेद भए पनि राष्ट्रियताको विषयमा एक भएको कुरा विगतदेखि नै देखिएको उनको भनाई थियो ।

राष्ट्रिय एकताप्रति राजनीतिक दलहरुको भूमिको उनले सराहना  गरे । प्रधानमन्त्री ओलीले कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा बजेट केन्दित रहेको बताए ।

कोरोनाबाट सबै क्षेत्रमा असर परेको भन्दै प्रयासहरु शतप्रतिशत ठिक नभए पनि प्रयास प्रभावकारी भएको जिकिर गरे ।

महामारीको विषयलाई दलीय हिसाबले मात्र नभई मानवीय हिसाले हेर्न आग्रह गरे ।