रोमन आचार्यकाठमाडौं । कांग्रेसभित्र मध्यावधि निर्वाचनको तयारीले तिव्रता पाएसँगै फागुनमा गर्नुपर्ने १४ औं महाधिवेशनको अन्योल बढेको छ । नेकपालाई विभाजनको संघारमा पुर्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणा गरेपछि कांग्रेस त्यसको फाइदा उठाउने दाउमा छ । प्रधानमन्त्री ओली र नेकपाले अढाइ वर्षभित्र आर्जन गरेको असफलतालाई आधारशीला बनाएर जनतामाझ जाँदा पहिलो शक्ति बन्ने कांग्रेसका आँकलन छ…