नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


0
Shares

काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसले बुधबारका लागि बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।

पार्टीका केही केन्द्रीय सदस्य, कार्यालयका कर्मचारी र सुरक्षा गार्डमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको जनाइएको छ ।

बुधबार हुने बैठकका लागि भन्दै कांग्रेसले मंगलबार केन्द्रीय सदस्य र कर्मचारीहरूको पिसिआर परीक्षण गरेकामा केहीमा संक्रमण देखिएको हो ।

कांग्रेसले पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक डाकेको थियो । स्थगित केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने टुंगो गरिएको छैन ।