मिरा बस्नेतकाठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस सोमबारबाट सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहनु भएको छ । संवैधानिक इजलासमा जारी बहसका क्रममा महान्यायाधिवक्ता खरेलले आफू प्रधानमन्त्रीको प्रतिरक्षा गर्न इजलासमा उभिएको भन्दै आफ्नो संवैधानिक दायित्वबाट पन्छिन नमिल्ने तर्क गर्नुभयो…