काठमाडौं : नेपाली कम्युनिष्ट आन्दोलनका पुुुुुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएकाे छ । उनकाे ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे निधन भएको हाे। केही दिनअघि अस्वस्थ्य भई उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका इमानदार नेताका रुपमा छवि बनाएका थिए। २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक…