काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको थियो । उहाँहरुबीच करिब दुई घण्टा कुराकानी…