Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


हामी भूतले खाजा खाने समयमा सांसद् भएछौं– गजेन्द्र महत


13
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य गजेन्द्र महतले आफूहरू भूतले खाजा खाने समयमा सांसद् भएको बताउनुएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकम बोल्दै सांसद् महतले सरकार र मन्त्रीहरूको कारणले आफूहरूले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

‘हामी भूतले खाजा खाने समय माननिय भएछौँ सभामुख महोदय,’ उहाँले भन्नुभयो, ‘माननिय मन्त्री र सरकारलेको कारणले लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको छ, तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन ।’

सांसद् महतले कर्णालीमा पैसा तिरेर बिजुली बाल्छौँ भन्दा नपाइरहेको अवस्थामा सरकारले गरिबलाई सित्तैमा बिजुली दिन्छु भनेर गफ दिएको बताउनुभयो ।