काठमाडौं, बैशाख ५ । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत अध्यक्ष ओलीले निर्णय गरेको भन्दै नेपाल समूहका नेताद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डे उजुरी बोकेर निर्वाचन आयोग जानुभएको हो । फागुन २३ गतेपछि अध्यक्ष ओलीले एकलौटी रुपमा गरेको निर्णय…