काठमाडौं । भदौमा १४औं महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण प्रविष्ट गर्नुपर्ने म्याद पुनः थप गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा पठाइसक्नुपर्ने उर्दी जारी गरेको हो । बैठकले सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बु जिल्ला बाहेक ७३ जिल्लाका कार्यसमिति र क्षेत्रीय समितिहरुले एक…