Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


‘सामाजिक सुरक्षा भत्ताले दलित र गरिवबीचको दूरी बढायो, विभेद निम्त्यायो’


0
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य इन्दु कडरीयाले जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको बताउनुभएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै कडरीयाले सामाजिक सुरक्षा भत्ता दिँदा परिवारको आर्थिक सूचांक हेरेर भत्ता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको छ, दलित एवं एकल महिलालाई ६० वर्षमा भत्ता दिइने भए पनि जनजाती आदिवासी वा अन्यलाई ७० वर्षमा भत्ता दिइन्छ ।’

उहाँले थप्नुभयो, ‘यसले दलित र गरिवबीचको दूरी बढायो, विभेद निम्त्यायो । सामाजिक भत्ता दिँदा परिवारको आर्थिक सूचांकको आधार मानेर ६० वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरियोस् ।’