काठमाडौं, साउन २६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशसभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई उपनिर्वाचन भए पुनः जिताएर ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उहाँले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेकाहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।
वरिष्ठ नेता नेपालले आफुहरु कसैको सामु शिर नहुराउने र कसैको टाङमुनि नछिर्ने भन्दै दृढताका साथ अगाडी बढ्ने उहाँको वाचा थियो । वरिष्ठ नेता नेपालले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौति दिएर अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।









प्रतिक्रिया दिनुहोस्